विराटनगर । विराटनगरमा पहिलो पटक  राष्ट्रिय पुस्तकालय दिवस  भव्य रूपमा मनाउन सुरु भएको छ। विराटनगरमा रहेका ८ वटा पुस्तकालय  सहित विराटनगर महानगरपालिका, सामाजिक विकास मन्त्रालय र विष्णुमाया पुस्तकालयको आयोजनामा  तीन दिने पुस्तकालय दिवस मनाउन सुरु गरिएको हो ।  १५ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा त्रि दिवसीय कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था विष्णुमाया पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतमले जानकारी दिए ।  नेपालमा पुस्तकालयको  प्रारम्भ १८६९ सालमा राजा गीर्वाण युद्ध वीर विक्रम शाहको पालामा सुरु भएको मानिन्छ ।   पुस्तकालयलाई सूचना र ज्ञानको केन्द्रको रूपमा विकास गर्ने, पुस्तकालयको महत्वलाई जन साधारणलाई बुझाउने, पठन संस्कृतिको विकास गर्ने, सूचनामा आधारित समाज निर्माण गर्ने, पुस्तकालयको विकासमा सहयोग पुर्‍याउने, सामाजिक सद्भाव र एकता कायम राख्ने, अध्ययन अनुसन्धान र प्रकाशन गर्ने र पुस्तकालयको समस्या र समाधानका उपायहरूको खोजी गर्ने मुख्य उद्देश्य रहेको   गौतमले जानकारी दिए । 
तिन दिने कार्यक्रमको पहिलो दिन बिहीबार  पुस्तकालयहरू सरसफाइ एवम् व्यवस्थापनको प्रचारप्रसार गरेका छन् ।pustakalaya day भाद्र १५ गते शुक्रवारका दिन सामुदायिक पुस्तकालयको महत्त्व विषयमा वक्तृत्व  प्रतियोगिता तथा कवि गोष्ठी आयोजना गरिएको गौतमले बताए । भाद्र १६ गते शनिवारको दिन पुस्तकालयका चुनौतीहरु  र समाधान विषयक बिचार गोष्ठीको आयोजना गरिएको छ।  
विराटनगरमा रहेको गुराँस पुस्तकालय, आदर्श पुस्तकालय, बुद्ध मिलन पुस्तकालय, गणेश पुस्तकालय, देवकोटा पुस्तकालय, लेखनाथ पुस्तकालय, त्रिवेणी पुस्तकालय र मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्तकालय लगायतको सहभागिता थियो 371873401_3388194604765430_6851023623677243768_n। डा चन्द्र उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा आदर्श पुस्तकालय र मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्तकालयका अध्यक्षहरूले पुस्तकालयका महत्त्व र अहिलेका समस्याको बारेमा धारणा राखेका थिए ।