विराटनगर । कोशी अस्पतालको जग्गा अनधिकृत रूपमा विभिन्न संस्थाले भोग चलन गरेको तथा ओगटेर बनाइएका संरचना तत्काल अस्पतालको स्वामित्वमा ल्याउन माग गरिएको छ। कोशी अस्पताल संरक्षण सङ्घर्ष समितिको नाममा मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएकोछ ।  मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव मार्फत ज्ञापन पत्र बुझाउँदै तत्काल जग्गा र संरचना फिर्ता गर्नु पर्ने उनीहरूले माग राखेका छन् । 
कोशी अस्पतालको सम्पत्ति संरक्षणका लागि गठित सङ्घर्ष समितिका संयोजक मुकेश बुढाथोकीले गैह्र कानुनी तवरले अस्पतालको नाममा दर्ता रहेको जग्गा अनधिकृत रूपले विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले कब्जा गरेकोले खाली गराउन माग गरिएको बताए ।  जग्गा कब्जा गरी भाडामा लगाइ त्यसबाट मासिक लाखौँ आयआर्जन गरी अस्पताललाई धराशायी बनाएको हुनाले तत्काल कारबाही गरी कब्जा गरिएको जग्गा अस्पतालको स्वामित्वमा ल्याउनु पर्ने बुढाथोकीले बताए ।
विराटनगर महानगरपालिका–७ मा स्थित कोशी अस्पतालको ५ बिघा ८ कट्ठा जग्गा छ । अस्पतालको करिब १५ कट्ठा बढी जग्गा गणेश मन्दिर, क्षयरोग निवारण संस्था, देवकोटा पुस्तकालय र नेपाल रेडक्रस सोसाइटीले गैह्र कानुनी रूपमा वर्षौँदेखि ओगट्दै आएको छन् । अस्पतालको जग्गामा ती संस्थाले व्यापारिक भवन एवं संरचना बनाउँदै आफू प्रयोग गरेर अरूलाई पनि भाडामा लगाएका छन् । 
अस्पताल विकास समितिले उनीहरूलाई जग्गा तथा भवन खाली गर्न विभिन्न समयमा पत्र पठाएर पनि राजनैतिक पहुँच आडमा खाली गर्न नमानेको संयोजक बुढाथोकीले बताए ।  क्षयरोग संस्थाले ६ कट्ठा ८ धुर, गणेश मन्दिरले २ कट्ठा, देवकोटा पुस्तकालयले २ कट्ठा १० धुर, रेडक्रस सोसाइटीले २ कट्ठाभन्दा बढी जग्गा ओगटेको अस्पताल प्रशासनले जनाएको छ ।   जग्गा खाली गराउने क्रममा अस्पताल र क्षयरोग निवारण संस्था बिच विवाद भएपछि  क्षयरोग निवारण संस्थाले २०७७ सालमा उच्च अदालत विराटनगरले जग्गा अस्पतालकै रहेको फैसला गरेको थियो । 367507129_1211215146241774_912439274408742973_n367502632_841017270736391_9163775972154647089_n367500180_6903749739669333_2638018985222201602_n