इटहरी । इटहरी उप महानगर पालिकाले करको दरमा वृद्धि गरेपछि इटहरीका नागरिकले विरोध गर्न थालेका छन् । इटहरी उप महानगरपालिको करको दरमा वृद्धि गरेको विरोधमा सामाजिक सञ्जालमा तीव्र विरोध भइरहँदा करको दर परिमार्जन गर्न दबाब मूलक कार्यक्रम सुरु भएको छ । 

करको दर वृद्धि गरेको विरोधमा आज इटहरीका मेयर हेम कर्ण पौडेल र उप मेयर संङ्गिता चौधरीलाई म्यासेज पठाउने विरोधका कार्यक्रम तय भएको छ । सर्वसाधारणले मेयर र उप मेयरलाई म्यासेज पठाएकोमा लेखिएको छ ‘की हाम्रो घर जग्गा किनी देऊ की त हामीले घर जग्गा बेचेर कर तिर्नु पर्ने हो ? लु न इटहरी सरकार छिटो भनिदेऊ । 
इटहरी उप महानगरपालिकाले करको दर बढाएपछि सामाजिक सञ्जालमा उप महानगरको यस कदमको तीव्र विरोध भइरहेको छ । अघिल्लो वर्ष को भन्दा ५ गुणा सम्म करको दरमा वृद्धि गरेपछि सर्वसाधारण आन्दोलित हुनु परेको सुनिल कार्कीले बताए । 

उनले भने, २०७९/८० मा घरधुरी कर ३ हजार तिन सय तिरेको यसपालि तिर्न जाँदा १४ हजार ४ सय भएछ ।  घर बाटो सिफारिसका दस्तुर ६३० बाट बढेर २०३० भएछ ।  बैना कागज गरेर वडामा प्रमाणित गर्न जाँदा पहिला २३० तीर्दै आएको अहिले १४३० तिर्नू परेको छ । ’

इटहरी उप महानगरले श्रावण १ गतेदेखि लागू हुने गरी  एकीकृत  सम्पत्ति कर, घर बाटो सिफारिस, दस्तुर ,चार किल्ला  सिफारिस  दस्तुर ,लेनदेन प्रमाणीकरण दस्तुर  लगायतका शीर्षकमा  कर वृद्धि गरेको छ।
smsssss

उप महानगरको कर वृद्धिमा वडाको विरोध 

इटहरी उप महानगरले आर्थिक ऐन ल्याएर करको दरमा वृद्धि गरेपछि इटहरी उप महानगरपालिका वडा नम्बर ९ ले करको दर पुर्न विचार गर्न भन्दै उप महानगरलाई पत्र पठाएको छ । साउन ७ गते नै उप महानगरलाई पत्र लेख्दै दस्तुर, शुल्क र करको दर रेटमा पुन विचार गर्न आग्रह गरिएको छ । पत्रमा भनिएको , सेवा ग्राहीहरूले विभिन्न सेवा लिँदा बुझाउनु पर्ने राजश्व र सम्पत्ति  कर अत्यधिक बढेको जन गुनासो आइरहेको छ ।  जन गुनासो आएकाले दस्तुर, शुल्क र करको दर रेटमा पुनर्विचार  गर्न अनुरोध 

359513483_795136742163302_5007603736558500346_n