काठमाडौँ । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको छ। दिवङ्गत  दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हो । पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।

उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए । दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उनको परिवार नर्भिक पुगेको छ ।