विराटनगर । अर्थमन्त्री डा. प्रकाश शरण महतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलता भएको बताएका छन् । विराटनगरमा भएको प्रदेश स्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नका लागि इमानदार भएर काम गर्ने बताए । उनले बजेट पेस भएका दिन देखी नै काम नगर्दा पनि समस्या भएको बताएका छन् ।
बजेट पेस भएकै भोलिपल्ट देखी काम गर्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिएका छन् । निजी क्षेत्रले पारदर्शी ताको कमजोरी भएकाले सच्याउनु पर्ने बताएका छन् । ‘एउटै लक्ष्य प्राप्ति गर्नका लागि हामी लागेका छा उनले भने ‘निजी क्षेत्र र सरकारले गरेका गल्ती कमजोरी सच्याउनु पर्ने बताएका छन् ।’
अन्तरक्रिया कार्यक्रममा विराटनगरका उद्योगी व्यपारीहरुले विराटनगर बत्थनाह रेल मार्ग सञ्चालन गर्न अर्थमन्त्री समक्ष माग गरेका छन् । उनीहरुले १८ वर्ष बित्दा पनि रेल मार्ग सुचारु नभएकाले सुचारु गर्ने गरिको बजेट विनियोजन गर्न उद्योगी माग गरे ।
उनीहरूले कोसी प्रदेशका उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र जनताले महसुस गर्न सक्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिको आयोजना तथा उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको सहजी करणमा बिहीबार भएको अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयष प्याकुरेलले विराटनगर–भारतको बथनाहा रेल सञ्चालनको काम सुरु भएको १८ वर्ष बित्न लाग्दासमेत पूरा नहुँदा औद्योगिक क्षेत्रमा निराशा छाएका बताए ।
उनले १८ वर्ष पहिले साढे १८ किलोमिटर रेल्वे निर्माणको लागि काम सुरु भएको थियो । तर, त्यो कटहरी गाउँपालिकामा मुआब्जासम्बन्धी विवादले काम अघि बढ्न नसकेको बताए । उनले भने, रेल सञ्चालन गर्न भारतीय पक्ष तयार भए पनि नेपाल जागरूक हुन नसक्दा काम अघि बढ्न सकेन ।
कार्यक्रममा मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष शङ्कर लाल अग्रवालले भारतसँगको खुला सिमानाका कारण हुने चोरी पैठारीबाट व्यापार व्यवसायमा ठुलो असर पुगेको बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले राष्ट्र बैङ्कको गलत नीतिका कारण तरलता अभाव हुँदा औद्योगिक तथा व्यापारिक क्षेत्र सङ्कटग्रस्त भएको बताए ।
उनले निकासी गर्दा कच्चापदार्थमा लाग्ने अन्तःशुल्क फिर्ता हुनुपर्ने, भन्सारमा लागिएका सन्दर्भ मूल्य सूचीलाई ६ महिनामा परिवर्तन गर्नुको साटो समय सान्दर्भिक रूपमा परिवर्तन गरिनुपर्ने सुझाव दिए ।