सुनसरी - आयोजक द योङ्ग बद्र्रस क्लबलाई पराजित गर्दै प्रेस युनियन सुनसरीले मैत्रीपूर्ण फुटबल खेलको उपाधि जितेको छ । इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलको अघिल्लो दिन आज सम्पन्न मैत्रीपूर्ण खेलमा युनियन टिमले आयोजक टिमलाई ५-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
uuuu
मैत्रीपूर्ण खेलको युनियनको तर्फबाट सुनसरी अध्यक्ष ध्रुव ढकालले कप्तानी गरेका थिए भने आयोजकको कप्तानी प्रतियोगिता संयोजक विकास केसीले गरेका थिए ।
uuuuuu
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा जारी प्रतियोगितामा शनिवार तेह्रथुमको बिटिएफसी र सिंहदेवी फुटबल क्लबबिच फाइनल खेल हुदैछ । उक्त फाइनलको बिचको समयमा आज मैत्रीपूर्ण खेलको आयोजना गरिएको क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
uu
शनिवार हुने फाइनल खेलको विजेताले नगद दुई लाख २२ हजार र उपबिजेताले नगद एक लाख ११ हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।