सुनसरी । बृती बिकासको माग गर्दै आन्दोलनरत बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले आज छैठौ दिनपनि ओपिडी सेवा ठप्प पारेका छन । 

६ दिनयता विहान र दिसो उपकुलपतिको कार्यकक्ष अगाडि धर्ना र सभा गर्दै आएका चिकित्सक तथा कर्मचारीले माग पुरा नभएसम्म आन्दोलनलाई थप शसक्त बनाउदै लैजाने बताएका छन ।

स्वास्थ्य मन्त्रालयमा हिजो मन्त्रालय र प्रतिष्ठानका पदाधिकारीबिच भएको छलफल सकारात्मक भएपनि त्यो आफूहरुलाई मान्य नभएको भन्दै आज पनि आन्दोलनलाई निरन्तरता दिएको कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकालले बताइन । 

बिगतमा पनि यस्तै सहमती गर्दै कार्यन्वयन नगरिएकाले माग पुरा हुने ग्यारेन्टी नभएसम्म आन्दोलन नरोकिने शिक्षक कल्याण समाजका अध्यक्ष सेराज अहमद खानले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएपछी  स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, मुख्य सचिव बैकुण्ठ अर्याल सहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की , शिक्षाध्यक्ष सञ्जीव शर्मा सहितका पदाधिकारीले छलफलमा थालेका थिए ।

काठमाण्डौमा छलफल सकारात्मक भएको बताइए पनि वृत्तिविकासको माग सहित चिकित्सक, कर्मचारी आन्दोलनमा उत्रिएपछि सयौं बिरामी मारमा परेका छन् ।