सुनसरी । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार दिउँसो भएको छलफल निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सचिवसहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की , शिक्षाध्यक्ष सञ्जीव शर्मासहितका पदाधिकारीलाई छलफलमा बोलाएका थिए । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन ।

प्रतिष्ठानका चिकित्सक कर्मचारी वृत्तिविकासको मागसहित आन्दोलनमा उत्रिएपछि ४ दिनदेखि बहिरंग सेवा ठप्प छ । आन्दोलनका कारण बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिनहुँ सयौं बिरामी मारमा परेका छन् ।