सुनसरी । इटहरीको लोकप्रिय कलेज सुष्मा गोदावरीले चौथो संस्करणको  साइन्स ओलम्पियाड गर्ने भएको छ ।
कलेजले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । मङ्सिर २३ गते शनिवार देखी हुने ओलम्यिपाडमा सुनसरी र मोरङका १ सय ६३ वटा विद्यालयका बिद्यार्थीहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक श्याम घिमिरेले जानकारी दिए ।
२१ औँ शताब्दीलाई विज्ञान र प्रविधिको युग भनेर चिनिने उल्लेख गर्दै विद्यार्थीलाई विज्ञान प्राविधिक जनशक्तिको विश्वको बाटोतर्फ अग्रसर गराउन कार्यक्रम गर्न लागिएको बताइएको छ ।
DSC_9763
कलेजले तिन वर्ष अघि देखी नै यस किसिमको कार्यक्रम आयोजना गर्दै आएको प्राचार्य बोधराज नेपालले बताए ।
मुख्यत कक्षा-१० मा अध्ययनरत छात्र/छात्राहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको सह प्राचार्य बलराम पन्तले जानकारी दिए । ओलम्पियाडमा प्रथम, द्धितिय र तृतीय विद्यार्थीहरूलाई कमश १५ हजार, १० हजार, र ५ हजार पुरस्कार प्रदान गरिने कलेजले जनाएको छ ।
यस्तै दश जनाले जनही रु.१ हजारका दरले सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।
कार्यक्रम सम्पन्न गर्न तीन लाख बढी खर्च लाग्ने कार्यक्रम संयोजक घिमिरेले बताए ।
DSC_9797
DSC_9778

DSC_9773DSC_9775
DSC_9776
DSC_9774
DSC_9766DSC_9777
DSC_9771
DSC_9790
DSC_9761