विराटनगर । अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) बिक्री गरिएको घटनामा संलग्न विरुद्ध मुद्या दायर भएपछि आजबाट बहस सुरु भएको  छ । विराटनगरमा रहेको ग्रीनक्रस अस्पतालमा कार्यरत  चिकित्सक, बच्चाका बाबु सहित ६ जनाविरुद्ध शिशु बेचेको अभियोगमा सोमबार मुद्या दायर भएको हो । 
प्रहरीले  प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय तपेश्वरलाल कर्ण, सिराहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० बर्सिया नीरु भनिने निर्मला यादव, भोजपुरको हतुवा गढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई, मोरङको इटहरी गाउँपालिका–२ आदर्श टोलकी ३३ बर्सिया सुधा भनिने सुक्री  राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी र ४७ बर्सिया दिलमनीदेवी राजवंशीलाई प्रतिवादी बनाइएको छ । 
उनीहरू विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुरमा जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको हो । 
घटनाको अनुसन्धान सकेर प्रहरीले मिसिल ९अनुसन्धान प्रतिवेदन० बुझाएपछि सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पार्दै ६ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको छ । प्रहरीले गत शुक्रवार वकिल कार्यालयमा मिसिल बुझाएको थियो । 
जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीका अनुसार इजलासमा  प्रतिवादीहरूको बयान मङ्गलवार वाट सुरु भएको  । उनीहरूको बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबिच थुनछेक बहस हुने छ । 
बहस सकिएपछि प्रतिवादीहरूलाई साधारण तारेखमा वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश इजलासबाट आउने सुवेदीले बताए । 
 नवजात शिशुका बुवा गोविन्द राई समेतको मिलेमतोमा शिशु बेचिएपर्छि  प्रहरीले मोरङको इटहरी गाउँपालिका–२ बाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो । अविवाहित युवतीले गत असार १४ गते जन्माएको शिशु ९छोरी०लाई जन्मनसाथ अस्पतालबाटै गायब पारिएको थियो । 
प्रहरीको अनुसन्धानबाट डा। तपेश्वरले बच्चा दिलमनीदेवीको परिवारलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ । 
बिहे नभएकी २६ बर्सिया युवतीले ‘नर्मल डेलिभरी’मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु ९छोरी० जन्माएकी थिइन् । प्रेमी गोविन्दसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो ।
युवतीले साउन ३२ गते मोरङ प्रहरीमा बच्चा हराएको भन्दै  किटानी जाहेरी दिएकी थिइन् । 
मुद्दामा प्रतिवादी बनाइएका गोविन्द शिशुका बाबु हुन् । बच्चाकी आमा ९अविवाहित युवती०लाई थाहै नदिईकन उनका प्रेमी अर्थात् बच्चाका बाबु ९गोविन्द०, चिकित्सक ९डा। तपेश्वर० र अस्पतालमा काम गर्ने कर्मचारीसमेतको मिलेमतोमा दिलमनीदेवीको परिवारलाई बच्चा बिक्री गरिएको पत्ता लागेको छ । 
डा। तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट ९पूर्व मेसु० थिए । उनको विराटनगर–९ मा दिपेश मेडिकल हल छ ।