सुनसरी । बर्षौसम्म लथालिङ्ग अवस्थामा रहेको जिल्ला अस्पताल सुनसरीलाई सुधार गर्ने मेडिकल सुपरिटेन्डेन्टलाई  राजनीतिक प्रतिशोधका आधारमा हटाउन खोजेको भन्दै विरोध सुरु भएको छ ।
इनरुवामा बुधवार भएको अन्तरक्रिया कार्यक्रममा मुख्य राजनीतिक दल र केही मेडिकल व्यवसायीको स्वार्थ पुरा नभएपछि समयअवधी नपुग्दै मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरेलाई हटाउन खोजिएको भन्दै विरोध सुरु भएको हो ।
डेढ बर्षअघिसम्म अस्तव्यस्त रहेको अस्पतालमा अनेक सुधार गरेर अहिले बिरामीको रोजाइमा पर्न थालेको अवस्थामा केही माफिया र राजनितिकदलका नेताको दबाबमा तीन महिनाअघिनै मेडिकल सुपरिटेन्डेन्ट डा. घिमिरेलाई हटाउन खोजेको भन्दै स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
mesu 1
अस्पतालको सेवामा आएको गुणात्मक परिवर्तनले उपचारका लागि सदरमुकाम बाहिर जानुपर्ने स्थानीयको बाध्यता हटेको भन्दै उनीहरूले पुरै समय काम गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेका छन् ।
विगतमा राजनीतिक स्वार्थको आधारमा कर्मचारी भर्ना गर्ने, ल्याब परीक्षण नहुने, बिचौलियासँगको मिलेमतोमा बिरामीको रेफर गर्ने लगायतका विकृति देखिएको अस्पतालमा अहिले त्यस्ता काम पूणर्रुपमा नियन्त्रण गरेर बिरामीले सहज उपचार पाउन थालेका अवस्थामा चिकित्सक हटाउन खोज्दा अस्पताल पुन राजनीतिक स्वार्थ र बिचौलियाको चेपुवामा परेर पहिलेकै अवस्थामा पुग्ने स्थानीयको भनाई छ ।