इटहरी । शिक्षासेवी तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईलाई यस बर्षको धर्मशास्त्र पुरस्कारद्वारा सम्मान गरिएको छ । 

शिक्षा क्षेत्रमा अनवरत सेवा पुर्याउँदै आएका भट्टराईलाई ११ हजार १ सय ११ रूपैयाँ राशि सहितको पुरस्कारले सम्मान गरिएको हो । 

शिक्षासेवी भट्टराईले सुनसरीको धरान स्थित विजयपुरमा पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालय स्थापना गरेका थिए । 

सुरुमा निजी लगानीमा सञ्चालन भएको सो विद्यालय पछि आंशिक रूपमा दाताहरूको समेत सहयोगमा सञ्चालित छ । हाल ७० जना विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् । विद्यालयमा कक्षा १२ सम्म सञ्चालनमा रहेको छ ।

शिक्षासेवी तथा समाजसेवी स्व. मनोरथ भट्टराईको इच्छाअनुसार उनका छोराहरू नेसंविविअन्तर्गत वाल्मीकि विद्यापीठका धर्मशास्त्र विभागप्रमुख प्राध्यापक डा. देवमणि भट्टराई, सहप्राध्यापक नेत्रविनोद भट्टराई र आचार्य छविलाल भट्टराईद्वारा सो पुरस्कार यसै वर्ष स्थापना गरिएको हो ।

भुल्केली भट्टराई सेवा समाजको नियमित भेलाको क्रममा समाजका सल्लाहकार तीर्थराज भट्टराईमार्फत शनिबार सो पुरस्कार प्रदान गरिएको हो । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई दुई दुई वर्षमा प्रदान गरिने निर्णय गरिएको समितिले जनाएको छ ।