विराटनगर । स्वास्थ्यकालागि कुरा गर्दै हिँडौँ भन्ने अभियान अन्तरगत इलाममा शुक्रवार वाक अफ द टक आयोजना गरिएको छ।  वाक अफ द टक नाम दिइएको यो अभियानलाई नागरिकको स्वास्थ्यसँग जोड्न विश्व स्वास्थ्य सङ्गठन नेपालको सहयोगमा इलाममा कार्यक्रमको आयोजना गरिएको हो ।
 IMG_6454 1
सर्ने रोगबाट मृत्यु हुने भन्दा नसर्ने रोगबाट मृत्यु हुने दर धेरै रहेको तथ्याङ्कलाई आत्मसाथ गर्दै नागरिकको जीवन शैली परिवर्तन गर्न सन्देश दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय इलाम र जिल्ला अस्पताल इलामको आयोजनामा शुक्रवार बिहान भएको  टक अफ द वाक कार्यक्रममा स्वास्थ्यकर्मी सहित अभियान्ताहरु सहभागी थिए । IMG_6452
सबैको लागि स्वास्थ्य भन्ने सरकारको नारा रहेको भए पनि अझै धेरै नागरिक  उपचार नपाएर मृत्युवरण गरिरहेका छन्, स्वास्थ्य सेवाको पहुँच पुग्न सकेको छैन। आफ्नो स्वास्थ्य प्रति ध्यान दिने, खान पान, आहार बिहार तथा योग ध्यान र कसरत नियमित गर्नाले  नसर्ने रोगमा कमी ल्याउन सकिने कार्यक्रममा सहभागी कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
 IMG_6447
पछिल्लो समय नसर्ने रोगका कारण ६० प्रतिशत मानिसले मृत्यु भइरहेको तथ्यलाई आत्मसात्  गर्दै आयोजना भएको वाक अफ द टक अभियानले स्थानीयलाई आफ्नो स्वास्थ्य प्रति ध्यान दिन अभिप्रेरित गराएको  उनले बताए । 
प्रदेश स्वास्थ्य  मन्त्रालयले नागरिकका  स्वास्थ्यलाई लक्षित गरी धेरै योजना र कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै उनले सबैले आफ्नो स्वास्थ्य आफैँले ध्यान दिनु पर्ने बेला आएको उल्लेख गरे ।
IMG_6449
बिहान जिल्ला अस्पताल इलामबाट सुरु भएको कुरा गर्दै हिँड अभियान लोकसेवा आयोगको कार्यालय, चिया बगान हुँदै इलाम अस्पतालमा नै पुगेर समापन भएको छ ।  
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला अस्पतालका कर्मचारी, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, अन्य जिल्लाबाट सहभागी भएका स्वास्थ्य क्षेत्रका अभियन्ता, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरू सहभागी थिए । यो अभियानलाई सबैको घर घरमा पुर्‍याउनु पर्नेमा सहभागीले जोड दिएका छन् ।  
IMG_6445
ilam