सुनसरी । लगातारको वर्षाले सप्तकोसी नदीको बहाव यो वर्षकै उच्च तहमा पुगेको छ । सहायक नदीहरुमा आएको बाढी र लगातारको वर्षाले कोसीको बहाव बढेको हो ।
मंगलबार सांझको मापनअनुसार प्रतिसेकेन्ड 2 लाख 23 हजार 760 क्युसेक बहाव रहेको कोसी ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ।
यो वर्षकै उच्च बहाव हो । कोसीमा बहाव अझ बढ्ने सम्भावना रहेकाले अहिले ५६ वटा ढोकामध्ये 27 वटा खोलिएको कक्षका प्रावधिकिले जानकारी दिए ।
कोसीमा लगातार बहाव बढ्न थालेपछि खतरा सूचक रातो झण्डासमेत लगाइएको छ । यस्तै कोसी नदीमा आएको बाढीले तटीय क्षेत्र अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालकिा र तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा उच्च जोखिममा परेका छन् ।

















