सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । 
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिलो पटक इटहरीका सन्तोष अधिकारीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेकी हुन । 
साउन २२ गते इटहरी उपमहानगरपालिका निवासी अधिकारीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना प्रकाशित गर्दै सिस्टममा अपडेट भएर सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस आएका व्यक्तिहरू मात्र स्वयम उपस्थित भएर राष्ट्रिय परिचय पत्र लिन आग्रह गरेको छ । 
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आफ्नो परिचय पत्र आए नआएको जानकारी लिएर मात्र कार्ड लिन आउन आग्रह गरेकी छिन् । 
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट छपाई गरी ५० हजार परिचय पत्रहरू जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयमा बायोमेट्रिक गरेका व्यक्तिहरूको परिचय पत्र छपाई गरी आएको हो । 
प्रशासन कार्यालयमा प्राप्त भएका परिचय पत्रहरूलाई क्रमशः वितरण गरिने जनाएको छ । कार्यालयमा प्राप्त भएका राष्ट्रिय परिचय पत्र प्रशासनको सिस्टममा अपडेट गरेपछि सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमा एसएमएस जानेछ । 
परिचय पत्र फर्म भर्दा उपलब्ध गराएको मोबाइल नम्बरमा सिस्टममा अपडेट गरेपछि स्वतः एसएमएस जानेछ । सो एसएमएस आएका व्यक्तिहरूलाई मात्र कार्ड वितरण गरिने सुनसरी प्रशासनले जनाएको छ । 
एसएमएस आएका व्यक्तिहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीको कोठा नम्बर ११बाट परिचय पत्र लिन सकिने प्रशासनले जनाएको छ । 
cdo sunsari