विराटनगर । कोसी अस्पतालको जग्गा कब्जा गरेर व्यपार व्यबसाय गरिरहेका हरुलाई जग्गा खालि गर्न भनेर पटक पटक पत्रचार गर्दा समेत जग्गा खाली गर्न अटेर गरेका छन् । कोशी अस्पताल विकास समितिले पटक पटक लिखित पत्र पठाँउदा पनि जग्गा कब्जा गरेर बसेकाहरुले राजनीतिक पहुँचको आडमा जग्गा खाली गर्नै अटेर गरेका छन् ।

राजनीतिक आडभरोसामा विभिन्न संघ संस्थाले सरकारी अस्पतालको जग्गा कब्जा गरेर व्यापारिक भवन र संरचना बनाउँदै भाडामा लगाएको पाइएको छ । सरकारी स्वामित्वमा रहेको जग्गा कब्जा गरेर व्यपारीक भवन बनाएका व्यत्ती र सङ्घ सस्थाले  भाडावापत उठाउने रकम समेत व्यक्तगत रुपमै उपयोग गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको नाममा विराटनगरको मुख्य बजारमा ५ बिघा ८ कट्ठा जग्गा रहेको छ । त्यो जग्गा मध्ये  विभिन्न संघ संस्थाले लगभग १५ कट्ठाभन्दा बढी जग्गा कब्जा गरेका छन् ।अस्पतालको जग्गा क्षयरोग निवारण संस्था, गणेश मन्दिर, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय लगायतले कब्जा गरेका छन् । जग्गामा बनाएको संरचनाबाट उठ्ने  भाडा समेत ती सस्थाहरुले नै प्रयोग गरेको अस्पताल विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकीले बताए ।

उनीहरुले नै मासिक रकम असुलिरहेका छन् । जग्गा ओगटेर बनाइएका तीनवटा भवन भने यसअघि नै भत्काइएको थियो ।अस्पताल प्रशासनका अनुसार गणेश मन्दिरले दुई कट्ठा, देवकोटा पुस्तकालयले अढाई कट्ठा, नेपाल रेडक्रस सोसाइटीले दुई कट्ठाभन्दा बढी जग्गा ओगटेका छन् । जग्गामा संरचना बनाएर ३० जनाजतिलाई भाडामा लगाइएको छ ।

अस्पतालका अनुसार क्षयरोगले ओगटेको जग्गामा संरचना बनाएर श्रेष्ठ खाजा घर मदिना होटल खाजा पशुपति किराना पसल पूर्वाञ्चल वायो मेडिकल सोलुसन खुश्वु खाजा घर भाडामा लगाइएको छ । यस्तै सहीम मोटरसाइकल रिपेयरिङ सेन्टर मोनिका फार्मेसी र न्यू बाबा होटल लाई भाडामा लगाएको छ ।

क्षयरोगले भाडावापत पाँचदेखि ५० हजार रुपैयाँसम्म लिने  गरेको अस्पताल विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।‘अस्पतालको जग्गामा संरचना बनाएर भाडा लगाएवापत मात्रै क्षयरोगले मासिक १ लाख ७५ हजार रूपैयाँभन्दा बढी उठाइरहेको छ,’ उनले भने, ‘जग्गा खाली गरिदिन अस्पतालका तर्फबाट पत्राचार गर्दा भाडा तिरिरहेको भनेर भाडावालहरुले छाड्न मानेनन् ।’बुढाथोकीका अनुसार गणेश मन्दिरले संरचना बनाएर गणपति पत्रपत्रिका पसल, उज्वल फर्मा लाई भाडामा लगाएको छ ।

यस्तै कलश फर्मा, बालबालिका क्लिनिक, किसान जनरल स्टोर र श्रुति फार्मेसी लाई भाडामा लगाएको छ । आफैंले पनि जग्गा प्रयोग गरिरहेको मन्दिरले भाडावापत मासिक एक लाख ६० हजार रूपैयाँभन्दा बढी उठाइरहेको  उनले बताए ।

उनका अनुसार देवकोटा पुस्तकालयले पान पसल, देवकोटा होटल सुपर संगीत आर्ट, मःम पसल,देवकोटा हेयर कटिङ शैलुन, किराना पसल, ए–वन हेयर कटिङ शैलुन, भट्टराई पान पसल, शक्तिमाता हार्डवेयर, खिलेश्वर ट्रेड सप्लायर्स लगायतलाई भाडामा लगाएको छ । त्यस्तै, रेडक्रसले संरचना बनाएर वाणिज्य बैंकदेखि मेडिकल हल, फोटो स्टुडियो, तरकारी र किराना पसललाई भाडामा लगाएको छ । रेडक्रसले भाडावापत मासिक डेढ लाख हाराहारी उठाउने गरेको बुढाथोकी बताउँछन् । रेडक्रस पनि अस्पतालकै जग्गाबाट सञ्चालित छ । 

अस्पताल विकास समितिको अध्यक्षमा महेश भट्टराई हुँदा जग्गा फिर्ता ल्याउन निक्कै पहल भएको थियो ।  ओगटेर बसेकाले छाड्न नमान्दा र कानुनी झमेला बेहोर्नु पर्दा समितिको पहलले सार्थकता पाउन सकेन । समितिले अस्पतालको जग्गा कसले कति ओगटेका छन् भन्ने तथ्यांक निकालेर खाली गराउन प्रक्रिया अघि बढाएको थियो बताए । 

तत्कालीन नित्तिम मेडिकल सुपरिटेन्डेन्ट मेसु डा  रविनराज सिंहले गत वैशाख २५ गते जग्गा खाली गरिदिन पत्राचार गरेका थिए । भाडावालहरुले विभिन्न संघ संस्थालाई भाडा तिरिरहेकाले जग्गा खाली गर्न नसकिने व्यहोराको जवाफ अस्पताललाई पठाए । अदालतको फैसला अनुसार क्षयरोगलाई पनि जग्गा खाली गरिदिन अस्पतालले आग्रह गरेको थियो ।