इटहरी । इटहरीमा १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गर्न आध्यात्मिक धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिने भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित आयुर्वेदिक टोलमा स्थापना गरिएको १०८ शिवलिङ्ग स्थापना गरिएको छ । 

त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको सङ्कल्प, केन्द्रीय समितिको अभिभावकीय भूमिका र स्थानीय समुदायको सक्रिय सहभागितामा शिवलिङ्ग स्थापना गरिएको हो । 

गत असार शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीमद्भागवत् चतुर्मास पारायणको समापनको अवसरमा कात्तिक १४ गतेदेखि २१ गतेसम्म १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा तथा आध्यात्मिक धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ ।

 त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी दिएको हो । कात्तिक १४ गते कलश शोभा यात्रा गरिनेछ । कात्तिक १७ देखि १९ गतेसम्म विशेष प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । 

सो कार्यक्रममा देश–विदेशका धार्मिक एवं सामाजिक व्यक्तित्वहरूको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल सहित छिमेकी देश भारतका दिल्ली, सिलगुडी, सिक्किम, विहारलगायत क्षेत्रबाट पनि श्रद्धालु भक्तजनहरु आउने आयोजकको भनाई छ । 

press meet 1


करिब ३६ लाख रुपैयाँको लागतमा जमिनसहित १०८ शिवलिङ्ग निर्माण गरिएको आयोजकले जानकारी दिएको छ । स्थापना गरिएको शिवलिङ्ग भक्तपुरमा बनेको कलात्मक नेपाली इँटाबाट आसन बनार्ईको छ भने नेपाली शिलाबाट नै शिवलिङ्ग स्थापना गरिएको छ । शिवलिङ्गसँगै हनुमानको मूर्तिसमेत स्थापना गरिएको छ ।

करिब एक घण्टा लामो सामूहिक शंखघोष र जलाभिषेक आराधना गरिनेछ ।

यो स्थललाई नमुना धार्मिक–पर्यटकीय गन्तव्य को रूपमा विकास गर्ने  आयोजकले लक्ष्य लिइएको छ । कार्यक्रमले कोशी प्रदेशमा धार्मिक पर्यटकहरुलाई आकर्षण गर्ने विश्वास लिएको छ ।