विराटनगर । विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालयले प्लस टु एक्सिलेन्स एजुकेसन अवार्ड प्राप्त गरेको छ। आइतबार काठमाडौँमा भएको कार्यक्रममा पोखरिया माविले विशेष शिक्षा सम्मान प्राप्त गरेको हो । गुणस्तरीय शिक्षा ज्ञानको ज्योति, ज्ञान समृद्धिको आधार भन्ने मुल मर्मलाई आत्मसात् गरी शैक्षिक गुणस्तर कायम राख्दै सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किएको भन्ने आम नागरिकको धारणालाई चिर्ने काम गरेको भन्दै पोखरिया माविले प्लस टु एक्सिलेन्स शिक्षा विशेष अवार्ड प्राप्त गरेको हो ।  विद्यालयले उच्च विद्यालय तर्फ राम्रो प्रतिफल हासिल गर्न सफल भएको पोखरिया माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो ।pokhariya केन्द्रविन्दुको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख  देवराज घिमिरे, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले उत्कृष्ट हुने विद्यालयहरूलाई सम्मान गरेका थिए । सम्मान पछि विद्यालयको तर्फ बोल्दै पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालयहरूलाई राम्रो बनाउन स–साना कुराहरूले पनि हौसला प्रदान गर्ने बताए ।  khem sir ‘विद्यालय उत्कृष्ट हुनुमा एउटा प्रधानाध्यापकले मात्र केही गर्न सक्दैन, उनले भने, विद्यालयको सबै टिमको साथ र सहयोगले हामी यहाँसम्म आई पुगेका छौँ, राम्रो कामलाई हौसला बढाउने सबै जिम्मेवार हुनुहुन्छ ।’ विद्यालयलाई आगामी दिनमा अझ  प्रभावकारी शिक्षण गराउँदै लैजाने प्रतिबद्धता जनाए । सामुदायिक तर्फका २० र संस्थागत तर्फ २० उच्च  माविलाई सम्मान गरिएको हो ।