इटहरी। इटहरी उपमहानगरपालिकाले इटहरीका सबै विद्यालयहरुमा आज सार्वजनिक विदा दिएको छ । लगातार भारी बर्षा भईरहेको तथा जल तथा मौसम विज्ञान विभागको सुचनाले भारी बर्षा हुने सूचना जारी गरेको भन्दै उपमहानगरले इटहरी क्षेत्र भित्रका सवै विद्यालयहरु विदा दिएको जनाएको छ । 

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलद्धारा जारी सुचनामा स्थानिय विदाबाट कट्टा गर्ने गरी आज एक दिनका लागि विदा दिने जनाईएको छ । 

राती देखी परेको भारी बर्षा पछि जल तथा मौसम पूर्वानुमान महाशाखाले थप भारी बर्षा हुने भन्दै उच्च सर्तकता अपनाउन सूचना जारी गरेको छ । itahari notice