विराटनगर । विराटनगरमा रहेको पोखरिया माध्यमिक विद्यालय प्राविधिक साधारण तथा प्राविधिक धार तर्फ अब्बल हुँदै गएको छ । विराटनगर  महानगरपालिका वडा नम्बर ३ मा रहेको पोखरिया माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुन आउनेको भिड लागेको छ। मङ्गलवार भर्ना हुनको लागि प्रवेश परीक्षा लिएको विद्यालयले जनाएको छ। pokhariya (1)
कक्षा ११ मा विज्ञान, व्यवस्थापन, शिक्षा र कम्प्युटर इन्जिनियरिङ अध्ययन तर्फ ६९७ जना विद्यार्थीले परीक्षा दिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।  प्रधानाध्यापक भट्टराईका अनुसार व्यवस्थापन सङ्कायमा सबैभन्दा धेरै विद्यार्थी भर्ना हुन आएका छन् ।   ‘सबैभन्दा धेरै व्यवस्थापनमा ३७८ जना, विज्ञान सङ्कायमा २३५ जना, शिक्षामा ३६ जना, कम्प्युटर इन्जिनियरिङमा ४८ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् , भट्टराईले भने, कोटा भन्दा धेरै विद्यार्थी प्रवेश परीक्षा दिन आएका छन्, प्रवेश परीक्षा पास भएकालाई मात्र भर्ना लिईनेछ ।’ पोखरिया माध्यमिक विद्यालयमा विज्ञान र व्यवस्थापन सङ्कायमा एक सय जना विद्यार्थीको कोटा रहेको छ ।  विद्यार्थीको चाप बढ्दै जाँदा विद्यालयले कक्षा ६ देखि नै प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने गरेको छ। pokhariya (3) विद्यार्थीको सङ्ख्याको आधारमा मात्र भर्ना लिने गरिएको छ, प्र अ भट्टराईले भने, सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षकहरूको कारण विद्यालय अब्बल बनेको छ  ।  यस विद्यालयमा पढाउनको लागि अभिभावकहरू लालायित हुने गरेका छन् ।   मङ्गलवार लिइएको परीक्षाको  रिजल्ट बुधवार निकाल्ने विद्यालयले जनाएको छ।  pokhariya (4)प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्ने विद्यार्थीको हकमा कसैको भनसुन नलाग्ने यस विद्यालयमा  विद्यार्थी स्वयम सबल हुनु पर्ने मान्यताका साथ अघि बढाइएको शिक्षकहरूले बताउँदै आएका छन् ।