विराटनगर । झापाको चन्द्रगढी विमानस्थलबाट ब्राउन सुगर सहित दिदी बहिनीलाई पक्राउ गरेको छ । वुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेका उनीहरूको साथबाट ७६ ग्राम ३४० मिली ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले झापाको  मेचीनगर घर भएकी  २१ बर्षकी  सोनी श्रेष्ठ र  दिदी वर्ष २३ बर्षीया सन्ध्या  श्रेष्ठ लाई पक्राउ गरेको हो । विमानस्थलमा चेकजाँच गर्दा उनीहरूले लगाएको भित्र वस्त्रमा लागु औषध भेटिएको प्रहरीले जनाएको छ ।