इटहरी । सङ्खुवासभाको भोट खोलामा हेलिकप्टर दुर्घटना भएको छ । सङ्खुवासभाको  भोट खोला ४ सिप्रुङको जिजिङ्खामा भएको हेलिकप्टर दुर्घटनामा ४जना  गम्भीर घाइते भएका छन् । 
अप्पर अरुण हाइड्रोको समान लाने क्रममा हेलिकप्टर दुर्घटना हुँदा सङ्खुवासभा सभा चेपुवाका छिरिङ भोटे, सङ्खुवासभाका भबिन गुरुङ पाइलट सुरेन्द्र पौडेल र को पाइलट घाइते भएका छन् । 
घाइतेलाई नेपाल आर्मीको हेलिबाट उपचारको लागि काठमाडौँ लानको लागि तयारी हुँदै छ ।
अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेली दुर्घटनामा भएको भोट खोला गाउँपालिकाका अध्यक्ष वांगछेदर भोटेले जानकारी दिए ।  सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार हेलिकप्टर दुर्घटनामा परेको खबर प्रहरी प्रशासनलाई प्राप्त भएको छ । उनले त्यसतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए ।