सुनसरी । पहाडी क्षेत्रमा पानी परेसँगै सप्तकोशी नदिमा पानीको बहाव बढेर खतराको बिन्दुमा पुगेको छ । आज बिहान गरिएको मापनमा पानीको बहाव बढेको हो ।

बिहान ११ः १५ बजे गरिएको मापन अनुसार सप्तकोशी नदिमा १ लाख ६६ हजार २६५ क्युसेक बहाव रहेको थियो । यो खतराको बिन्दुको रुपमा हेर्ने गरिएको छ । १ लाख ५० हजार माथीको पानीको बहावलाई खतराको तहको रुपमा लिने गरिन्छ । तर यो रातीको तुलनाको भने केही कम हो । 

अहिले सप्तकोशी ब्यारेजबाट विहारतर्फ पानी बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि २६ ढोकासम्म खोलिएको थियोे ।