इटहरी। सुनसरीको इटहरीमा  राति भएको मोटरसाइकल दुर्घटनमा २ जनाको मृत्यु भएको छ ।

इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी १७ मा बन्दै कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन् ।

उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीका स्वकीयको रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । यस्तै, पारसले भने केही समयअघि राजीनामा दिएका थिए । उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए ।

राती दुई बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताए । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई विहान ५ बजे मृत घोषणा गरिएको थियो ।