विराटनगर । नेकपा एमाले कोशी प्रदेश सभा संसदीय दलले भदौ १० गते आएको बाढी र पहिरोबाट पीडित भएकाहरूको सहयोगका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेतले दलको तर्फबाट ४ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए ।
उनले हिमबाढीका कारण भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण पीडित भएकाहरूलाई सहयोग गर्ने निर्णय भएको बताए । एमाले संसदीय दल कोशीका प्रमुख सचेतक बस्नेतले विज्ञप्ति जारी गर्दै बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न जिल्लामा त्रिसुली नदीमा आएको बाढीले पुर्याएको भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
विज्ञप्तिमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला सबैलाई घाइतेको प्रभावकारी उपचार, विस्थापितहरूको सुरक्षित स्थानान्तरण, र प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, आवास तथा राहतको व्यवस्था मिलाउन अपिल गरिएको छ ।











