सुनसरी । रसुवा भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितका लागि सुनसरीका चार स्थानीय तहले करिब १ करोड रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।
बाढीबाट भएको जनधनको क्षतिपछि इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, दुहबी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नोतर्फबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेका हुन् ।
सबैभन्दा बढी इनरुवा नगरपालिकाले ४५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
बाढीबाट भएको जनधनको क्षतिपछि इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, दुहबी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नोतर्फबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेका हुन् ।
सबैभन्दा बढी इनरुवा नगरपालिकाले ४५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै हरिनगर गाउँपालिकाले २६ लाख, दुहबी नगरपालिकाले २१ लाख र भोक्राहा नरसिंह गाउँपालिकाले ७ लाख ७७ हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेका छन् ।
यसअनुसार चार स्थानीय तहबाट मात्रै ९९ लाख ७७ हजार रुपैयाँ राहत रकम उपलब्ध हुनेछ ।
हरिनगर गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तलब तथा सुविधाबाट समेत रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक प्रतिनिधिको संयुक्त बैठकले जनप्रतिनिधिको एक महिनाको मासिक सुविधा तथा कर्मचारी र शिक्षकको तहअनुसार दुईदेखि सात दिनसम्मको सुरु तलब स्केल बराबरको रकम सहयोग गर्ने निर्णय गरेको हो ।
गत भदौ १० गते रसुवा भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको थियो ।
बाढीमा परी ज्यान गुमाउनेप्रति स्थानीय तहहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
स्थानीय तहहरूले विपद्पीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा रकम उपलब्ध गराउने निर्णय गरेको हरिनगर गाउपालिकाका अध्यक्ष गफार अन्सारी मियाले जानकारी दिए।











