सुनसरी । नेपाली कांग्रेस सुनसरीले देवानगन्ज गोली काण्डको छानविनका लागि न्यायिक समिति गठन गर्न माग गर्दै नेपाल सरकारलाई ३ दिने अल्टिमेटम दिएको छ ।

आज(शुक्रबार) सुनसरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा गृहमन्त्रीले गोलीकाण्डका  पीडित परिवारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ । 

नेपाली काँग्रेसका जिल्ला सभापति केदार भण्डारी सहितका जिल्लाका शिर्ष नेताहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्याललाई ज्ञापन पत्र बुझाएका हुन । 

५ बुँदे मागसहतको ज्ञापन पत्र बुझाउँदै नेपाली काँग्रेसका जिल्ला सभापति केदार भण्डारीले तोएिको समय अवधिमा माग पुरा नभए जिल्लामा चरणबद्ध आन्दोलन थाल्ने चेतावनी दिए । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयमले लिनुपर्ने उनले बताए । 

काँग्रेसले बुझाएको ५ बुँदे माग मध्ये अन्य मागहरुमा घटनाका घाइतेहरूको वास्तविक अवस्था सार्वजनिक गर्दै उनीहरूलाई सुविधासम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै सो घटनाबाट क्षति पुगेका आम नागरिक तथा व्यवसायीहरूलाई उचित क्षतिपूर्ति प्रदान भनिएको छ । यस्तै, जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयनको वातावरण बनाउन पनि काँग्रेसले सरकारसँग माग गरेको छ । 

काँग्रेसले बुझाएको ज्ञापन पत्रमा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारी, क्षेत्रीय सभापतिहरू एयुब अंसारी र लिलामणि सुवेदी, महासमिति सदस्य गफार अंसारी, प्रदेश सभा सभापति (सुनसरी २(२)) श्यामलाल मेहता, प्रदेश प्रतिनिधि अजमल अख्तर आजाद तथा नगर सभापतिहरू वेदनारायण गच्छदार र राजन मेहताले हस्ताक्षर गरेका छन् । 

उनीहरुले देशमा धार्मिक तथा जातीय द्वन्द्व हुन नदिन र लोकतन्त्रको रक्षाका लागि पार्टी सचेत रहेको बताएका छन् । 

गत श्रावण १० गते राति करिब १० बजे देवानगन्ज गाउँपालिका वडा नं. ३, कप्तानगन्जमा सामान्य विवादमा १० जना निर्दोष मानिसहरूमाथि गोली चलाइएको काँग्रेसले भनेको छ ।

सो घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भइसकेको छ । साथै, सोही घटनामा गोली लागेर अन्य ७ जनाको अस्पतालमा उपचार भइरहेको छ । उक्त घटना पछि फैलिएको आन्दोलनमा सिराहाको गोलबजारमा पनि एक जनाको मृत्यु भएको थियो । 

press biyapti (1)

press biyapti (2)