सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार बिहान ९ बजेसम्म निषेधाज्ञा कायम रहने जनाएको भए पनि निर्धारित समय सकिँदासम्म निषेधाज्ञा थप गर्ने वा हटाउने भन्ने विषयमा कुनै निर्णय सार्वजनिक गरेको छैन।
समयमै प्रशासनको निर्णय नआउँदा सर्वसाधारण अन्योलमा परेका छन्।
निषेधाज्ञा यथावत् रहने वा हटाइने भन्ने स्पष्ट जानकारी नहुँदा आवतजावत, व्यापार–व्यवसाय तथा दैनिक कामकाज प्रभावित भएको स्थानीयले बताएका छन्।
प्रशासनले अहिलेसम्म आधिकारिक सूचना जारी नगरेकाले सर्वसाधारणले अन्योलको अवस्था भोग्नुपरेको छ।











