विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री फेर्ने चर्चा भए पनि वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहज रूपमा अवतरण नदिएसम्म मुख्यमन्त्री फेर्न सकस देखिएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बिचमा प्रदेश सरकारको सत्ता साझेदारी गर्दा कोशी प्रदेश एमालेको भागमा परेको छ । तर एमालेकै नेतृत्वमा रहेको कोशी प्रदेश सरकारको नेतृत्व फेर्ने कसरत हुँदा पार्टी भित्र भने विवाद उत्पन्न भएको छ  ।

एक थरीले पटक पटक मुख्यमन्त्री फेर्दा पार्टीको छवि जनताका बिचमा राम्रो नहुने भन्दै मुख्यमन्त्री फेर्न नहुने अडान राखेका छन् भने एक थरीले बदलिएको परिस्थितिमा मुख्यमन्त्री फेर्न पर्ने बताउँदै आएका छन् । एमाले भित्र पछिल्लो समय वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीको ठाउँमा एमालेकै तिलकुमार मेनाङ्वोलाई मुख्यमन्त्री बनाउने चर्चा चलेको छ ।

मेन्यांवो अध्यक्षबाट मुख्यमन्त्री बनाउने सङ्केत मिलेको भन्दै यतिवेलाकाठमाण्डौमा छन् । नेपाली काँग्रेसले एमालेसँग प्रदेश सरकारमा गरेको सत्ता साझेदारी तोड्ने निर्णय भएसँगै एमाले अध्यक्ष ओलीले मेन्यांवोलाई फोन गरेर काठमाडौँ बोलाएका थिए । उनी मुख्यमन्त्रीका लागि वातावरण बनाउन दौडधुपमा छन् । पार्टी अध्यक्षले नै सङ्केत गरेपछि उनी मुख्यमन्त्री बन्नेमा आसावादी देखिएका छन् । नेपाल प्रेससँग उनले भने, पार्टीले दिएको जिम्मेवारी हिजो पनि निभाएको थिए आज पनि निभाउने छु । उनले पार्टी मुख्यमन्त्रीका विषयमा  छलफल भइरहेको बताए । 

मेन्यांवो निकट प्रदेश सभा सदस्यहरू एक दुई दिन भित्रमा उनी प्रदेशको मुख्यमन्त्री हुने दाबी गर्छन् । उनीहरूका अनुसार पार्टी अध्यक्षले गरेको निर्णय सबैले मान्नु पर्छ । सोही अनुसार पार्टीका तर्फबाट मुख्यमन्त्रीमा तिलकुमार जी नियुक्त हुनुहुन्छ । मेन्यांवो एमाले संसदीय दल कोशीका उप नेता हुन् । एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले पार्टीले मुख्यमन्त्री फेर्ने विषयमा निर्णय गरी नसकेको बताए । उनले भने, छलफल चलेको छ । अहिले नै यसै हो भन्ने अवस्था छैन । उनले भने, तिलकुमार जी को नाम आएको छ । तर अहिले नै निर्णय भने भइसकेको छैन । 

पार्टी अध्यक्षले फेरिएको परिस्थितिमा कार्कीको स्थानमा मेन्यांवोलाई मुख्यमन्त्री बनाउने तयारी गरे पनि एमाले भित्र संस्थागत निर्णय भने हुन सकेको छैन । पार्टीको संस्थागत निर्णय बिना नै मुख्यमन्त्री फेरबदल गर्न सहज नहुने एमाले नेताहरू बताउँछन् । मुख्यमन्त्री फेर्नका लागि पहिलो कुरा त वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजीनामा दिनु पर्‍यो । राजीनामा दिएपछि प्रदेश प्रमुखले सरकार गठनको आव्हान गर्न पर्‍यो । अहिले नै बजारमा चलेको हल्ला जस्तो मुख्यमन्त्री फेरिने कुरा छैन । 

कोशी प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा कानुन मन्त्री समेत रहेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीले संविधानको धारा १६८९५० अन्तरगत यो सरकार बनेकाले मुख्यमन्त्री फेरबदल सहज नभएको बताए । उनले भने, संविधानको १६८९२० अन्तरगत बनेको सरकार भए संसदीय दलमा बहुमत पुर्‍याएर संसदीय दलको नेता फेर्दा मुख्यमन्त्री फेरबदल हुन सहज थियो । अहिले त त्यो अवस्था छैन । पहिला त मुख्यमन्त्रीले राजीनामा दिनु पर्‍यो । मुख्यमन्त्री कार्की २०८१ साल  वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए । 

एमालेका ३९ र माओवादीका १३ गरी कार्कीले ५२ सांसदहरूले कार्कीका पक्षमा सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुंगले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । १६८९ ५० अन्तरगत मुख्यमन्त्री भएका कार्कीले सहज अवतरण नदिए मुख्यमन्त्री फेर्न असहज हुने नेताहरू बताउँछन् । धारा १६८ ९ ५ ० बाट सरकार बनाउँदा सांसदहरूलाई दलको ह्विप लाग्दैन । उनले 

पार्टी अध्यक्षले भनेर मात्रै हुँदैनलेखेर दिनुस् अथवा सचिवालयबाट निर्णय गराउनुस् भन्नु भयो पनि सरकार पुनर्गठनका लागि समय लाग्ने बताए  । एमाले भित्र पार्टी पुनर्गठन अभियानमा चलिरहेको छ । पुनर्गठन अभियानमा पार्टी अध्यक्ष ओलीका निकटहरू समेत उनको विपक्षमा उभिएकाले सचिवालयमा कार्कीका विरुद्धमा गएर मेनाङ्वोका पक्षमा निर्णय गराउने अध्यक्ष ओलीलाई सहज नहुने एक नेताले बताए  । एमाले श्रोतका अनुसार पार्टी महासचिव शङ्कर पोख्रेल  वर्तमान मुख्यमन्त्री कार्कीका पक्षमा छन् । महासचिव पोख्रेलले पटक पटक मुख्यमन्त्री फेर्दा जनताका बिचमा राम्रो सन्देश नजाने भन्दै मुख्यमन्त्री फेर्न नहुने बताउँदै आएका छन् । 

मुख्यमन्त्री कार्की कुनै समय एमाले अध्यक्ष ओलीका विश्वास पात्र मानिन्थे । फागुन २१ मा सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष ओली प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि भने कार्कीसँग रिसाएको एमाले नेताहरू बताउँछन् । मुख्यमन्त्री कार्कीको निर्वाचन क्षेत्र समेत झापा ५ नै हो ।