विराटनगर — जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीबाट ध्वस्त भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनर्निर्माण सम्पन्न गरी शनिबारदेखि पुनः सञ्चालनमा आएको छ।

सुपरमार्केटको पुनर्निर्माण कार्य तीव्र गतिमा सम्पन्न गर्न तीन सिफ्टमा काम गरिएको थियो। पुनर्निर्माण सम्पन्न भएसँगै शनिबार औपचारिक रूपमा सेवा सुरु गरिएको हो।

विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुनः सञ्चालनमा आएपछि पहिलो दिनदेखि नै उपभोक्ताको उल्लेख्य भीड लागेको छ। स्थानीयले पुनः सेवा सञ्चालनमा आएपछि दैनिक उपभोग्य वस्तुको किनमेल सहज भएको बताएका छन्।