सुनसरी । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले भारतीय सीमा बलले सुस्तामा नेपालीमाथि हप्कीदप्की गरेको भन्दै रक्षामन्त्रीको खोजी गरेका छन् । 

प्रतिनिधिसभाको वैठकमा बोल्दै नेता साम्पाङले एसएसबीले नेपालीहरुलाई हप्कीदप्की गरेको भन्दै हाम्रो रक्षामन्त्री कहाँ छन् भनेर सभामुख मार्फत सरकारको ध्यानाकर्षण पनि गराएका छन् । 

उनले भने, ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न । अब रक्षामन्त्रीलाई बोलाइदिनुस् । सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो । हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं’ ।


‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्’ साम्पाङले भने ।