विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम सस्कृती पार्टी ले आसन्न निर्वाचनका लागि उमेद्वारको टुङ्गो लगाउन थालेको छ । श्रम सस्कृती पार्टीका महासचिव आर्यन राईले बागमती र कोशी प्रदेशका निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फबाट निर्वाचन लड्ने उमेद्वारको नाम फाइनल भएको बताए ।
उनले आज बेलुका सम्ममा प्रत्यक्ष तर्फबाट उम्मेदवार हुनेहरूको नाम फाइनल गर्ने तयारी भएको बताए । उनले भने,‘हामी अहिले उम्मेदवार फाइनल गर्ने चरणमा रहेका छौ । बेलुका सम्ममा गरी सक्छौ ।’श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क राज राई (हर्क साम्पाङ) ले सामाजिक सञ्जाल मार्फत दुई दिन अघि श्रम सस्कृती पार्टीबाट फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार हुन चाहनेका लागि टिकट लिन आउन भनेका थिए ।
दुई दिन अघि उनले गरेको आव्हान अनुसार काठमाडौँ देखि पूर्वका निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन चाहानेहरु धरान आएका छन् । साम्पाङले नियमित रूपमा चिया खाने र भेटघाट गर्ने धरान १८ स्थित बुद्ध चोकमा रहेको ग्रिन टी मा उम्मेदवार हुन चहानेहरुको भेला बोलाएका थिए । उनले भेला भएकाहरुलाई ग्रिन टी बाटै टिकट बाँड्दै आएका छन् ।
ग्रिन टी नजिकै उनले माया धराने बेसार बेच्ने पसल स्थापना गरेका छन् । यस्तै ग्रिन टी को नजिकै श्रम सस्कृती पार्टीको सचिवालय समेत राखेका छन् । सचिवालय राखे पनि उनले उमेद्वारहरुलाई भने ग्रिन टी बाटै टिकट वितरण गर्दै आएका छन् । उनले टिकट वितरण गरेकाहरूको नामावली समेत फेसबुकबाटै सार्वजनिक गर्दै आएका छन् । श्रम सस्कृती पार्टीका महासचिव राईले टिकट वितरण भएका
उमेद्वारको लिस्ट कम्पायल गर्न बाँकी रहेको बताए ।
यी हुन् वितरण भएका उम्मेदवार र क्षेत्र
शान्ति गुरुङ पाख्रिन मोरङ १
रैहर राजाबाबु मोरङ २
अमिर मगर मोरङ ३
उमा राई सङ्खुवासभा
वियस राई सोलुखुम्बु
ध्रुवराज राई भोजपुर
बलराज राई उदयपुर २
हस्तराज लिम्बु ( बर्बिन सेर्मा ) पाँचथर
मणिराम बहादुर प्रधान काठमाडौँ ७
ढलबहादुर मगर रामेछाप
वासिम खान पर्सा क्षेत्र नं १
सुमन अधिकारी सर्लाही क्षेत्र नं १
डा. जिबछ ठाकुर सिराहा क्षेत्र नं १
महेन्द्र पुन डडेलधुरा
डा वरुण अमात्य काठमान्डौ ४
युनेश लामा मकवानपुर २
लीला दियाली महोत्तरी क्षेत्र नं १ बाट
केबल राम राई झापा १
केशव भण्डारी २
दीपक तिम्सिना झापा क्षेत्र नं ३
अमृता राई झापा ४
शिभम सोरानी ५











