सुनसरी । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले विभिन्न सवारीसाधनमा इन्जिन तथा चेसिस नम्बरमा अनियमितता भेटिएपछि ती सवारीसाधनहरूलाई नियन्त्रणमा लिएको छ। नियमित जाँच तथा अभिलेख परीक्षणका क्रममा अभिलेखसँग नमिल्ने इन्जिन जडान, इन्जिन नम्बर परिवर्तन, र दर्ता विवरण नपुगेका सवारीसाधन फेला परेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार को १ ज ११११ नम्बरको सवारीसाधनमा सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर AF31L32764 भए पनि सवारीमा जडान गरिएको इन्जिन नम्बर DW46023 भेटिएको छ। उक्त सवारीको चेसिस नम्बर MAINV2AFA42A10633 रहेको छ।
त्यस्तै ना २ ज ७९५५ नम्बरको सवारीसाधनमा परिवर्तन गरिएको इन्जिन रेकर्डअनुसार नपाइएको तथा रङ परिवर्तनसमेत गरिएको पाइएको छ। सो सवारीमा GG81F41484 र GA94L69481 इन्जिन नम्बर उल्लेख छन् भने चेसिस नम्बर MA1PSZGAK98M77644 रहेको छ।
ना २ ज ८४८३ नम्बरको सवारीसाधन यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नपरेको तथा सवारी दर्ता किताब संकलन नभएको पाइएको छ। उक्त सवारीको इन्जिन नम्बर GB94D27278 र चेसिस नम्बर MA1WE2GBK92D87418 रहेको छ।
यसैगरी ना ३ च ३९२८ नम्बरको सवारीसाधन कम्पनीबाट आयात नभएको अवस्थामा इन्जिन नम्बर रि–पञ्च गरिएको भेटिएको छ। सो सवारीको इन्जिन नम्बर DF14L38542 र चेसिस नम्बर MA1BP4DFC12L74027 रहेको छ।
त्यसैगरी गा १ च ६६५४ नम्बरको सवारीसाधन आयातकर्ता कम्पनीले आयात नगरेको तथा यातायात व्यवस्था कार्यालय गण्डकीलाई विवरण उपलब्ध नगराएको पाइएको छ। उक्त सवारीको इन्जिन नम्बर GF74E60869 र चेसिस नम्बर MA1XB2GFK72E26586 रहेको छ।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएका सबै सवारीसाधन आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी बुझाउने प्रक्रिया अघि बढाइएको जनाएको छ।

















