सुनसरी । कोसी प्रदेश सरकारले १० जना महिला उद्यमीलाई सम्मान गरेको छ । कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले उद्यमशीलता प्रवर्द्धन गर्न प्रदेशका १० जना महिला उद्यमीलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झापाकी मौरी पालक किसान देव कुमारी ओली, इलाम सूर्योदय नगरपालिका वडा नम्बर एककी फूल नर्सरी व्यवसायी लासाङ तामाङ, इटहरी नगरपालिका वडा नम्बर १० की अमृत च्याउ उद्योगीकी सञ्चालक अमृता श्रेष्ठ, भोजपुर नगरपालिका वडा नम्बर पाँच भोजपुरकी प्रतीक्षा कृषि तथा पशुपक्षी फर्मकी सञ्चालक प्रतीक्षा श्रेष्ठ विराटनगर महानगरपालिका वडा नम्बर चार बराह हर्बल उद्योगकी सञ्चालक अम्बिका भण्डारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर एककी खिना ढाका कपडा उद्योगकी सञ्चालक खिना विश्वकर्मा छन्र ।
त्यस्तै, चिशङ्खुगढी गाउँपालिका वडा नम्बर दुई ओखलढुङ्गाकी कञ्चन सिलार् कटाई प्रशिक्षण केन्द्रकी कोपिला श्रेष्ठ, पाख्रिवास नगरपालिका वडा नम्बर १० धनकुटाको निशा एकीकृत कृषि तथा पशुपक्षी फर्मकी सञ्चालक देवी माया थापा, फुङलिङ नगरपालिका वडा नम्बर चार ताप्लेजुङको न्यु सौन्दर्य बूटी पार्लर सञ्चालक सितला श्रेष्ठ र फाल्गुनन्द–४ पाँचथरको चेसुङ एकीकृत पशुपक्षी तथा कृषि फर्म प्राइभेट लिमिटेडकी सञ्चालक कृतिमाया चेम्जोङलाई सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो ।
सम्मानित उद्यमीहरूलाई प्रदेश सरकारले जनही ६५ हजार रुपैयाँ नगद दिएको छ ।
उनीहरूले गरेको उद्यम र व्यवसायलाई प्रोत्साहन गर्न उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।