सुनसरी । कोसी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध बिउ बिजन बरामद गरेको छ ।
टोलीले सुनसरीको इनरुवा र कोसी गाउँपालिकाको विभिन्न फर्मबाट १ हजार २५ किलोग्राम अवैध धानको तथा अन्य बालीका जातको बिउ बरामद गरेको हो ।
अनुगमन टोलीले बीबी ११ जातको धानको बिउ ९ सय २० किलो, एमटियु ७०२९ जातको बिउ ३० किलो, कोमल १ सय १ किलो, सोना मन्सुली ६५ किलो र तरकारीको म्याद गुज्रेको बिउ ४ किलो बरामद गरेको मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले जानकारी दिए ।
00
नेपालमा सूचीकृत तथा दर्ता नगरिएका बिउ बिक्री वितरण गर्न पाइँदैन । अवैध बिउहरू बिक्री हुने गरेको गुनासो आएपछि मन्त्रालयले अनुगमनलाई तीव्रता दिएको सचिव पाण्डेले जानकारी दिए । मन्त्रालयले यसअघि गत पुषमा सरकारले सिफारिस गरेको बीउ बिजन बिक्री वितरण नगरी कम गुणस्तरको भारतीय बीउ बिजन बेचबिखन गर्दै आएका एग्रोभेटहरूलाई कारबाही थालेको थियो । त्यसमा सुनसरीका आधा दर्जन एग्रोभेट परेका थिए ।
मन्त्रालयले पूर्वी तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीका किसानलाई नेपाल सरकारले सिफारिस गरेको विभिन्न दलहन तथा तेलहनको बीउ बिक्री नगरी भारतीय गुणस्तरहिन बीउ बेच्ने विभिन्न एक दर्जन बढी एग्रोभेटहरुमाथी कारबाही सुरु गरेको थियो ।

11 1 भारतीय सीमावर्ती क्षेत्रका जिल्लाहरूमा खुल्ला सिमानाको फाइदा उठाउँदै गैरकानूनीरुपमा गुणस्तरहिन बीउ बेच्ने गरेको गुनासोको आधारमा प्रदेश सरकारले ती व्यापारिक फर्महरूमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न संघीय सरकारको कृषि मन्त्रालयलाई सिफारिस गरेको थियो ।