विराटनगर । बिर्तामोडको पताल गङ्गा बचत तथा ऋण सहकारी संस्था लिमा ६ करोड रुपैयाँ भन्दा बढी अपचलन गरेर फरार भएका संस्थाका अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
बचत कर्ताको करोडौँ रुपैंया रकम हिनामिना गरेर लामो समयदेखि फरार रहेका खनाललाई प्रहरीले धनगढीबाट पक्राउ गरेको हो।
पक्राउ परेका खनाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । उनी सहकारीको रकम ठगी गरेर गरेर फरार रहेका थिए । खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
खनालले दुई करोड ६ लाख रुपैंया भन्दा धेरै रकम अपचलन गरेको आरोप लागेको छ । रकम लिएर फरार भएका खनाल विरुद्ध सञ्चालक समितिले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरेको थियो । भद्रपुर –८ स्थायी घर भई बिर्तामोड बस्दै आएका खनाल सहकारीका रकम अपचलन गरेर सम्पर्कविहीन भएका थिए ।