सुनसरी -  १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको उपाधिको लागि शनिवार चर्च ब्वाइज युनाइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुदैछ ।
इटहरी रंगशालामा साँझ साढे ६ बजे हुने खेलमा दुवै टिम सफलता हात पार्दै उपाधि जित्ने मुडमा छन् ।
1 2
फाइनल खेलअघि शुक्रवार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा क्याप्टेनले उपाधि जित्ने सम्भावना ५०-५० प्रतिशत रहेको बताए ।
दुवै टिम सन्तुलित र उत्कृष्ट रहेकाले सम्भावना बराबरी  रहेको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले पछिल्लो समय उच्च लयमा रहेको चर्च ब्वाइज विरुद्धको खेल चुनौतीपूर्ण रहेको बताए ।
2
विपक्षीको रणनीति बुझेर त्यही अनुसार आफूहरू मैदान उत्रिने उनले बताए । क्याप्टेन नवयुग श्रेष्ठले इटहरी गोल्ड कपको १२ औँ संस्करणमा फाइनल पुगेर पनि उपबिजेतामै सीमित रहनुपरेको पिडालाई भुलाउन पनि जीत हात पार्ने बताए । 
7
      चर्च ब्वाइजका सहायक प्रशिक्षक रुबेन राईले आर्मी बलियो टिम भएकाले फाइनल अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए । दुवै टिममा राष्ट्रिय खेलाडीहरूको बाहुल्यता रहेकाले जित्ने रणनीतिका साथ मैदान उत्रिने उनले बताए ।
चर्चका क्याप्टेन दीप कार्कीले आर्मीसँग यसअघि पनि थुप्रै पटक खेलेको उल्लेख गर्दै विगतका कमी कमजोरी सच्याउँदै उत्कृष्ट प्रदर्शन गर्ने बताए । 
5 1
       चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो भने आर्मीले साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २-१ गोलको जीत हात पार्दै चर्च ब्वाइजसंगको फाइनल भिडन्त पक्का गरेको हो । क्वाटर फाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो । चर्च ब्वाइजले न्यु रोड टिम एनआरटीलाई पराजित गरेको थियो । 
       फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ भने उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार रुपैयाँ पाउने छन् ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी