सुनसरी - झापा गोल्ड कप च्याम्पियन चर्च ब्वाईज युनाइटेड अन्तरििष्टय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतयिोगतिाको पहिलो चरणबाटै बाहिरिएको छ ।
धरान रङ्गशालामा मङ्गलवार सम्पन्न अन्तिम क्वाटर फाइनलमा चर्च ब्वाईज युनाइटेड झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर माथि १-० गोल अन्तरले पराजति हुँदै क्वाटर फाइनलबाटै बाहिरिएको हो । चर्च ब्याइजलाई पराजित गर्न काकडभटिाका आशषि चापागाईँले नणिरयक गोल गरे ।
अभिषेक गुरुङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले खेलको ४४ औँ मिनेटमा गोल गरेका हुन । पहिलो हाफमा रक्षात्मक खेलेर १ गोल गरेको गत वर्षको उपबजिेता टिम काकडभटिाले दोस्रो हाफमा पन रक्षात्मक खेल खेल्दै नतिजा आफ्नो पक्षमा पारेको हो । मङ्गलवारको खेलको म्यानअफद म्याच झापाका बशिाल घलान घोषित भए ।
उनले नगद १० हजार पाए । आजको बजिेता काकडभटिाले दोस्रो सेमिफाइनलमा न्यु रोड टिम एनआरटीसंग बहिबिार प्रतिस्पर्धा गर्नेछ । एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगी सकेको छ । त्यसअघि िबुधबारको पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबिच प्रतिस्पर्धा हुनेछ ।
आयोजकले पाहुना टोली युकेएफसी भारतलाई र मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
आगामी चैत ३ गतेसम्म सञ्चालन हुने प्रतयिोगतिाको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपवजिेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।