सुनसरी । शनिवारदेखि सुरु हुने २४ औँ संस्करणको बुढासुब्बा गोल्डकपको  तयारी पुरा भएको छ ।
आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी फागुन २६ गतेदेखि चैत्र ३ गतेसम्म धरान रङ्गशालामा हुने गोल्डकपको तयारी पुरा भएको जानकारी दिएको हो ।
एक भारतीय सहित नेपालका ८ टिम सहभागी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब र युकेएफसी भारत बिच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
एक सातासम्म चल्ने गोल्डकपमा विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवा आर्मी, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज यनाइटेड, मोरङ फुटबल क्लब र काँकडभिट्टा फुटबल टेनिङ सेन्टर झापा पनि सहभागी हुनेछ ।
२०५५ सालदेखि सुरु भएको प्रतियोगिताको यो संस्करणको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख पुरस्कार पाउने छन् ।