सुनसरी । नेपाल युवा उद्यमी मञ्च सुनसरीले दोस्रो संस्करणको कर्पोरेट फुटसल गर्ने भएको छ ।
मञ्चले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी फागुन २५ देखी २८ गतेसम्म कर्पोरेट फुटसल प्रतियोगिता गर्ने जानकारी गराएको हो । प्रतियोगितामा कोसी प्रदेशका विभिन्न एक दर्जन वित्तीय सङ्घ संस्थाले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
इटहरी काब्यबाटिकास्थित पाथीभरा फुटसलमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
यस्तै विधागत उत्कृष्ट हुने खेलाडीले जनही नगद १० हजार पाउने छन् । ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताबाट बचेको रकम इटहरीस्थित सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने बताइएको छ ।