सुनसरी । पाँचौँ सुदेश सुब्बा स्मृति हिमशिखरकप अन्तर विद्यालय प्रावि स्तरीय फुटबल प्रतियोगितामा पशुपति स्कुल इटहरी, प्रभात स्कुल धरान र लर्डबुद्ध स्कुल रामधुनी क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

हिमशिखर स्कुल तरहराको आयोजनामा माघ १४ गतेदेखि जारी प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा टाई-ब्रेकरमा पशुपतिले महेन्द्र मेमोरियल दुहबीलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुबै टिमबाट एक एक गोल भएपछी खेलको निणर्य टाईब्रेकरबाट लिइएको थियो ।

hhh

प्रतियोगिता अन्तर्गत आजै सम्पन्न दोस्रो खेलमा प्रभात स्कूल धरानले बराहक्षेत्र नडाहको स्काई स्कुललाई २-० ले पराजित गर्यो ।

तेस्रो खेलमा लर्डबुद्ध रामधुनीले बराह राइजिङ स्टार भरौललाई २-४ ले हरायो ।

यसअघि आइतबार सम्पन्न उद्घघाटन खेलमा आयोजक हिमशिखरले इटहरीको कोसी सेन्टजेम्सलाई २-० गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरिसकेको छ ।

विद्यालयका संस्थापक सदस्य स्व. सुदेश सुब्बाको स्मृतिमा आयोजित प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजार र ट्रफि प्राप्त गर्नेछ ।