काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् ।

मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९:१५ बजे सुरु हुनेछ । अर्को खेल काठमाडौंको मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र कोशी प्रदेशबीच बिहान ९:१५ बजे सुरु हुनेछ । आजै तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच बिहान ९ बजे सुरु हुनेछ ।

हिजो भैरहवामा भएको खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । गण्डकीको यो लगातार दोस्रो हार हो ।

यस्तै हिजो एपीएफ क्लबले बागमती प्रदेशलाई ८९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । बागमतीको भने यो लगातार दोस्रो हार हो ।