सुनसरी। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पहिलो दिन तीन खेल हुने छन् । काठमाडौं बाहिर पनि खेल सञ्चालन हुन लागेको यो पहिलो पटक हो ।

कीर्तिपुरस्थित टीयु मैदानमा हुने खेलमा बागमती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पुलिसमा राष्ट्रिय टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, करण केसीलगायत छन् । दीपेन्द्रले टिमको कप्तानी सम्हाल्ने छन् । बागमती रित गौतमको नेतृत्वमा छ ।

मुलपानीमा आजै हुने खेलमा कोशी प्रदेश र मधेश प्रदेश आमनेसामने हुनेछन् । भैहरवामा लुम्बिनीले गण्डकी प्रदेशसँग खेल्ने तालिका छ । 

एकदिवसीय प्रतियोगिता राउन्ड रोविन लिगको हुनेछ । राउन्ड रोविन खेलाइएको पनि यो पहिलो पटक नै हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टोली सहभागी छन् ।