सुनसरी । प्रधानमन्त्री कप कोसी छनौट प्रतियोगिताको उपाधि झापाले जितेको छ । लिग चरणको आफ्नो चार वटै खेलमा शतप्रतिशत जीत निकाल्दै फाइनल पुगेको झापाले बुधवार मोरङलाई ७२ रनले पराजित गर्दै उपाधि जितेको हो । लिग चरणको चार खेलमा दुई मा जीत र दुईमा हार ब्योहोरेर रन रेटको आधारमा शीर्ष दुईमा रहँदै झापासँग बुधवार फाइनल खेलेको मोरङ उपबिजेतामै सिमत बनेको हो । यसअघि लिग चरणको खेलमा पनि मोरङ झापासंगनै पराजित भएको थियो । 
DSC_1424
        सुनसरीको भोक्राहास्थित डा. खालिद आजाद खेल मैदानमा टस जितेर ब्याटिङ गरेको झापाले खराब मौसमको कारण ३० ओभरमा छोट्टाइएको खेलमा पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल जोडेको थियो । झापाको लागि अङ्कित सुबेदीले सर्वाधिक ६४ रन बनाए । भूपाल दंगालले ३२, समीर कार्कीले २३, आशिस राणा मगरले १२ र भुपेष गौतमले ११ रन जोडे । मोरङका श्रवण किस्कुले ५ र लभ कामतले २ विकेट लिए ।
DSC_1383
       १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको मोरङ २४ दशमलव ५ बलमा ९५ रनमा समेटियो । मोरङका लागि चिराग शाहले सर्वाधिक २६, मिनश थापा १५, आइन्स्टाइन रिजाल १३ र फिर्दोश अन्सारी तथा अटल शाहले १२-१२ रन जोडे । झापाका आशिष राणा मगरले ३, सौजन घिमिरे र अभ्यास तिमिल्सीनाले २-२ विकेट लिए ।
bhupal
खेलको म्यानअफद म्याच झापाका अङ्कित सुबेदी घोषित भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुनसरीका भूपाल लुइँटेल घोषित भए । वेस्ट बलर झापाका सौजन घिमिरे र वेस्ट ब्याष्टमेन उदयपुरका सोनु अन्सारी घोषित भए । उदयी मान खेलाडी सुनसरीका समीर तिम्सिना भए ।
DSC_1214
     एक सातासम्म चलेको प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर जिल्लाका खेलाडी सहभागी थिए । यसै प्रतियोगितालाई आधार मानेर उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनौट गरिएको कोसी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डेले बताए ।
DSC_1217
छनौट भएका उनीहरूले पुस २८ गते देखी काठमाडौँ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश टिमबाट खेल्नेछन् ।
फोटो - गुरु ढकाल, सञ्चारपाटी