सुनसरी । शतप्रतिशत जीत निकाल्दै झापा प्रधानमन्त्री कप कोसी छनौटको फाइनलमा पुगेको छ । झापाले अब उपाधिको लागि मोरङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
लिग चरणको अन्तिम खेलमा सोमबार झापाले सुनसरी र मोरङले इलामलाई पराजित गरेपछि झापा र मोरङको फाइनल भिडन्त पक्का भएको हो । लिग चरणको चार वटै खेलमा शतप्रतिशत जीत निकालेको झापा शीर्ष स्थानमा रहँदै फाइनल पुग्दा दुई मा जीत र दुईमा हार ब्योहोरेको मोरङ रन रेटको आधारमा शीर्ष दुईमा रहँदै झापासँगको उपाधि भिडन्त पक्का गर्न सफल भएको हो ।
यी दुई टिमबिचको उपाधि भिडन्त बुधवार हुने आयोजक सुनसरी जिल्ला क्रिकेट सङ्घले जानकारी दिएको छ ।
DSC_1150
    सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा मोरङले इलामलाई ३ विकेटले पराजित गरेको छ । इटहरी स्थित जनता क्रिकेट मैदानमा जीतका लागि पाएको ९४ रनको विजयी लक्ष्य मोरङले २२ दशमलव १ बलमा पुरा गर्‍यो । मोरङलाई विजयी गराउन श्रवण यादवले २१, फिर्दोस अन्सारीले नट आउट १५, कृश शाह र लभ कामतले १३-१३ रन बनाउँदा मिनस थापाले १० रनको योगदान गरे । बलिङतर्फ इलामका हेमन राईले ३ र विशाल आचार्यले २ विकेट लिए ।
DSC_1167
  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इलामले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ बलमा सबै विकेट गुमाउँदै ९३ रन बनाएको थियो । इलामका लागि प्रकाश खत्रीले १९, हेमन राईले ११ र अश्विनी कामतले १० रन बनाए । मोरङका सौगात भटराईले ४ तथा श्रवण रिस्कुले २ विकेट लिए । खेलको म्यान अफद म्याच मोरङका सौगात भटराई घोषित भए ।
DSC_1164
    सोमबार नै सम्पन्न लिग चरणको अन्तिम खेलमा झापाले घरेलु टोली सुनसरीलाई ३ विकेटले पराजित गरेको छ । भोक्राहास्थित डा. खालिद आजाद खेल मैदानमा टस जितेर ब्याटिङ गरेको सुनसरी ३६ ओभरमा छोट्टाइएको खेलमा पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ७ रनको योगफल जोडेको थियो । १ सय ८ रनको विजयी लक्ष्य झापाले ३१ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो । झापालाई विजयी गराउन सर्वाधिक ५० रन जोडेका सुजन थपलिया म्यान अफद म्याच घोषित भए ।
img
      बुधवार हुने फाइनल खेल पश्चात् उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनौट गरिने र उनीहरूले पुस २८ गते देखी काठमाडौँ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश टिमबाट खेल्नेछन् । 
तस्बिर - गुरु ढकाल, सञ्चारपाटी