सुनसरी - प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको कोसी छनौटमा मोरङ र झापाले विजयी सुरुवात गरेका छन् ।
बिहीबार देखी सुरु प्रादेशिक छनौट अन्तर्गत उद्घाटन खेलमा मोरङले सुनसरीलाई ६६ रनले पराजित गरेको छ ।
सुनसरीको भोक राहा नरसिंह स्थित डा. खालिल आजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मोरङले उद्घाटन सत्र लम्बिएपछि छोट्टाइएको ३४ ओभरको खेलमा ३३ दशमलव ३ बलमा १० विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।
१ सय ४ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेको सुनसरी १९ ओभरमा ३७ रनमा समेटिएपछि मोरङले सहज जीत हात पारेको हो ।
DSC_0927
बिहिबारनै इटहरी स्थित जनता क्रिकेट मैदानमा भएको खेलमा झापाले उदयपुरलाई ८७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । प्रतियोगिताको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले उद्घाटन गरेका थिए ।
DSC_0858
प्रतियोगिता अन्तर्गत शुक्रवार जनता क्रिकेट मैदान इटहरीमा सुनसरी र उदयपुर बिच खेल हनेछ । शुक्रबारनै डा. खालिल आजाद खेल मैदानमा इलाम र झापाबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक अफजल हुसेनले जानकारी दिए ।
DSC_0839
प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले गरे । एक सातासम्म चल्ने प्रतियोगितामा कोसी प्रदेशको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुरका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन् ।
DSC_0838
विजेता तथा उप विजेता सहित बिधागत उत्कृष्टलाई नगद सहित पुरस्कृत समेत गरिने आयोजक सुनसरी जिल्ला क्रिकेट संघले जनाएको छ ।
DSC_0823
उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनौट गरिने र उनीहरूले आगामी साता काठमाडौँ र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश टिमबाट खेल्नेछ ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी डटकम