इटहरी ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीतिका कारण सो विश्वविद्यालयबाट सम्बन्धन लिएका क्याम्पसहरू समस्यामा परेका छन् । सम्बन्धन लिएर कृषिमा स्नातक तहका कक्षाहरू सन्चान गर्दै आएका क्याम्पसहरू विद्यार्थी नपाएर समस्यामा परेका हुन । विश्वविद्यालयले विद्यार्थीहरूको प्रवेश परीक्षा लिने र आवश्यक विद्यार्थी पूरा नभए पनि पुन प्रवेश परीक्षा नलिएका कारण क्याम्पसहरू विद्यार्थी अभावमा समस्यामा परेका छन् । सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी क्याम्पसमा विश्व विद्यालयको नीतिका कारण अघिल्लो शैक्षिक सत्रमा १ जना पनि विद्यार्थी भर्ना हुन सकेनन् ।सहकारी मार्फत सन्चान भएको सो क्याम्पसमा विश्वविद्यालयले विद्यार्थी नपठाउँदा समस्या भएको सहकारीका व्यवस्थापक शिव डाँगीले बताए । क्याम्पसले स्नातक तहको ४ बर्से कृषि विषयमा पठन पाठन गराउँदै आएको भए पनि विद्यार्थी नहुँदा समस्या भएको डाँगीले बताए । सो क्याम्पसलाई वार्षिक ५० जना विद्यार्थी पढाउने अनुमति दिएको छ । विश्वविद्यालयले एक जना पनि विद्यार्थी नपठाएका कारण क्याम्पस सञ्चालनमा समस्या भएको अध्यक्ष नवराज चापागाईँले बताए ।

375761704_308367438806861_3786436011990002983_n सो क्याम्पसले पहिलो वर्ष २४,दोस्रो १५,तेस्रो २९र चौथो २८ जना विद्यार्थी भर्ना भएका थिए । पाचौ वर्ष भने विद्यार्थी न आएको र यश वर्ष पनि विद्यार्थी आउने न आउने टुङो नभएको चापागाईँ बताउँछन् ।विश्वविद्यालयको ८ आङ्गिक कलेज र ७ सम्बन्धन प्राप्त कलेजले स्नातक तहको कृषि विषय पढाउँदै आएका छन् । एक शैक्षिक सत्रमा ८ सय ५० जना विद्यार्थी आवश्यक पर्छन् । अघिल्लो शैक्षिक सत्रमा १३ सय जनाले प्रवेश परीक्षा दिएकोमा ६ सय ५० जना मात्रै विद्यार्थीले प्रवेश परीक्षा पास गरेका थिए । माग भन्दा कम विद्यार्थीलाई मात्रै प्रवेश परीक्षा पास गराएका कारण क्याम्पसमा विद्यार्थी अभाव भएको व्यवस्थापक डाँगीले बताए । २०७१ सालमा स्थापित जीविका कृषि सहकारी संस्थाले कृषि तथा वन विज्ञान विश्वविद्यालय वाट सम्बन्धन लिई २०७५ सालदेखि जीविका कृषि विज्ञान कलेज सञ्चालनमा ल्याएको हो । २० बिघा जग्गामा फैलिएको कृषि फार्म, सुविधा सम्पन्न कलेज भवन, व्यवस्थित ल्याब र पुस्तकालय, ६ जना पूर्णकालीन र आंशिक सहित १५ जना प्राध्यापकहरू जीविका कलेजमा कार्यरत छन् ।