सुनसरी । दशैँको समयमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु. ६९ लाख ६० हजार मूल्यको खसीबोका विक्री गरेको छ । 

संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलामका कृषकबाट खरिद गरी उपभोक्ताहरुलाई विक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए । किसानबाट  किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर बजारमा विक्रीका लागि पठाइएको उनले बताए । 

विगतका बर्ष देखी कृषकबाट खरिद गरी उपभोक्तालाई विक्री गर्दै आएको सहारा नेपालले यस पटक देखी इलाम जिल्लाका कृषकबाट पनि खसीबोका खरिद गरेको हो । यस पटक संस्थाले इलामबाट खसीबोका खरिद गरी काठमाण्डौँ सम्म लगेर विक्री गरेको निर्देशक खतिवडाले बताए । 

सहारा नेपालको कृषि युनिटका प्रमुख डा. कमलेश्वर भाटले यसपालीको दसैंमा औसत ३० केजीका चार सय वटा खसीबोका विक्री भएको जानकारी दिए ।

 ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिदा किसानहरु चाडका बेला लाभान्वित भएका थिए ।  झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका विक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रति केजी रु. ५८० मा विक्री गरिएको डा. भाटले जानकारी दिए ।