सुनसरी । नगरवासीको लोभलाग्दो जनसहभागिताले पूर्वकै अग्रणी संस्थाका रूपमा चिनिएको इटहरी खानेपानी उपभोक्ता संस्थाको १९ औँ साधारण सभा सुरु भएको भएको छ ।
एसियाली विकास बैङ्कको अनुदानमा योजना निर्माण भई अढाई दशकअघिदेखि उपभोक्ता समितिको व्यवस्थापनमा सञ्चालन भएको इटहरी खानेपानी उपभोक्ताकै कारण अब्बल मानिन्छ ।
387645838_727706935862713_646350450219238211_n
इटहरी उप-महानगरपालिकामा २० वटा वडाहरूमध्ये संस्थाले पूर्ण र आंशिक गरी १४ वटा वडामा सेवा विस्तार र प्रवाह गरिरहेको शुक्रवार सुरु साधारण सभामा अध्यक्ष रामप्रसाद चौलागाईले जानकारी दिए ।
इटहरीका ४२ हजार घर धुरीमध्ये २२ हजारभन्दा बढी घरधुरीलाई खानेपानी वितरण गरिएको चौलागाइले बताए ।
२०५३ असार २७ गते सरकारबाट समितिलाई हस्तान्तरण भई निरन्तर सञ्चालन हुँदै आएको संस्था देशभरिमै अब्बल ठहरिँदै आएको छ । साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारी दुई जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा लेखापाल विनोद अधिकारी र सहायक लेखापाल गीता बराल  रहेका छन् । उनीहरूलाई नगद १५ हजार सहित सम्मान गरिएको हो ।