विराटनगर । टिभिएस बाइकको एक्सचेन्ज मेला विराटनगरमा सुरु भएको छ। यही असोज २५ देखि २९ गते सम्म विराटनगरको पन्जाबी पेट्रोल पम्प नजिकै सुरु भएको मेलामा ग्राहकको भिड लागेको हो । 
आफ्ना पुराना मोटरसाइकल साटेर नयाँ लग्ने गरी एक्सचेन्ज अफर ल्याएको हो  ।  चाडबाडको अवसरमा नयाँ बाइक लिने ग्राहकहरूको भिड लागेको कम्पनीले जनाएको छ ।   किफायती, राम्रो माइलेज, मर्मत सम्भारको सुविधा, र आकर्षक डिजाइन भएकाले पनि आकर्षण बढेको हुनसक्ने  कम्पनीको ठहर छ । tvs exchange
एक्सचेन्ज मेलामा विभिन्न अफरहरू सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाखसम्म जित्ने मौका, किन्दा ५ लाखसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक, बम्पर उपहारमा १० लाखसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।
एक्सचेन्ज मेलामा १० हजारसम्मको भ्यालुएडिसनको सुविधा रहेको जनाइएको छ।  २५ प्रतिशत  डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधा सहित कम्पनीबाट टिभिएस बाइक चढेर जान सकिने, लाइफ टाइम वारेन्टीको सुविधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निःशुल्क उपलब्ध गराइने कम्पनीका मार्केटिङ म्यानेजर सन्तोष साहले जानकारी दिए ।